गुल्मीमा चट्याङ लागेर बेहोस अवस्थामा रहेका घर्तीको मृत्यु

काठमाडौं । भदौ १७, मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।
शनिबार बेलुकी ७:३० बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो।
बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
चट्याङ लागेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा शनिबार राति उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।