हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, हेलो सरकार आजदेखि २४ घन्टा नै खुला हुने भएको जनाएको छ ।

हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको जानकारी प्राप्त भएको हो ।

अधिकारीहरुका अनुसार जनताको तत्काल सम्बोधन गर्नुपर्ने गुनासो सम्बोधन गर्न र्‍यापिड रेस्पोन्स टिमले समेत काम गरिरहेको छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आम जनताको गुनासा सुन्न र सम्बोधन गर्न हेलो सरकार सेवा सुरु भएको थियो ।

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्