बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएको जानकारी प्राप्त भएको छ ।

कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए ।

 

 

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्