झन्डै ३० अङ्कले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, साताको पहिलो कारोबार दिन आइतबार  नेप्से  झन्डै ३० अङ्कले घटेको छ ।

पहिलो कारोबार दिन  आज  सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।

आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् ।

आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।

 

 

प्रकाशित : 3 September, 2023

प्रतिक्रिया दिनुहोस्