मन्त्री किरातीले ल्हारक्याललाई राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी

काठमाडौं । भदौ १७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी गरेका छन् ।
प्रेस सेन्टर मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ल्हारक्याल खासमा विवादित व्यक्ति नभए पनि विवादित बनाइएको बताएका हुन् ।
मन्त्री किरातीले सुनसरीको धरानमा विमानस्थल आवश्यक नरहेको बताएका छन् । धरानमा विमानस्थल निर्माणको चर्चा वर्षौंदेखि चल्दै आएको छ, तर निर्माण भएको छैन । मन्त्री किरातीले नजिकैको शहर विराटनगरमा विमानस्थल भएका कारण धरानमा आवश्यक नरहेको उनले बताए ।