नेकपा एसको सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । भदाै १८, नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ ।

बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुने र सोहीअनुसार जिम्मेवारी बाँडफाँडका सम्बन्धमा पनि निर्णय हुन सक्ने बताइएको छ ।

प्रकाशित : 4 September, 2023

प्रतिक्रिया दिनुहोस्