सेयर बजार एकल अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, १३ भदौयता लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ ।

सोमबार सेयर बजार७.०४ अंक (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।

सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

प्रकाशित : 4 September, 2023

प्रतिक्रिया दिनुहोस्