सरकारले जग्गा उपलब्ध गराए महानगरले स्टेडियम बनाउन पहल गर्ने : बालेन

सहयात्रा टिभी

काठमाडौं । भदौ १९, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् ।

एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं ।’

नेपाल र भारतको खेल भएको पाल्लेकेले रंगशाला त्रिभुवन विश्वविद्यालयको क्रिकेट स्टेडियम जस्तै भए पनि प्यारापिट र केही सुविधा भएको भन्दै इन्जिनियरसमेत रहेका उनले यस्तै सुविधको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा बनाउन सकिने बताएका छन् ।

उनले लेखेका छन्, ‘यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।’

बालेन खेलाडी र तल्लो तहमामा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एउटा एउटा बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको स्मरण गराएका छन् ।

क्रिकेट समर्थकको रुपमा खेल हेर्न श्रीलंका पुगेका उनले नेपालीहरु देखेर श्रीलंकाको अध्यागमनका कर्मचारी नै आश्चर्यमा परेको बताएका छन् ।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्