सुन चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्