पार्टीका बैंक खाता लेखा समितिले पनि हेर्न पाउनुपर्छ : योगेश भट्टराई

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय मान्यताप्राप्त पार्टीका बैंक खाता सार्वजनिक लेखा समितिले पनि हेर्न पाउनुपर्ने जनाएका छन् ।

साथै उनले एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च पारदर्शी बनाउन त्यसलाई बजेटरी सिस्टममा ल्याउनुपर्ने समेत बताए ।

आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले भने, ‘आईएनजीओ र एनजीओले नेपालमा गर्ने खर्च पनि पारदर्शी छैन । ठिक छ, नेपालमा सहयोग आउनुपर्छ तर त्यसलाई नेपालको बजेटरी सिस्टममा ल्याउनुपर्छ ।’

उनले नेपालका राजनीतिक दलहरु कसरी चलेका छन् भनेर थाहा पाउन उनीहरुको बैंक खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने समेत बताए ।

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्