जग्गा ओगटेर बनेका ग्यारेज पोखरा महानगरले हटायो

काठमाडौँ । भदौ १९, पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ ।
एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ ।
बसपार्क क्षेत्रभित्र बनेका कवाडखानाहरुलाई २२ गतेसम्म स्थानान्तरण गर्न महानगरले निर्देशन दिएको छ ।
पछिल्ला वडाध्यक्ष तिमिल्सिनाले बसपार्क बाहिर पार्किङ निषेध गर्ने, सडकको देब्रे भागमा रेलिङ लगाउने, ढल निकासलगायतका काम पनि भइरहेको जानकारी दिए ।
बसपार्क बनाउने भन्दै २०३२ सालमै पोखरा नगर उपत्यका विकास समितिले अधिग्रहण गरेको २०५ रोपनी जग्गामा व्यवस्थित बसपार्क बनेन नै अतिक्रमणको चपेटामा पर्दा अहिले मुस्किलले ३० रोपनीमात्रै बाँकी छ ।