केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संस्कृतिसम्बन्धी नीति निर्माण गर्न १३ सदस्यीय कार्यदल गठन

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरबारमा  बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटनमन्त्री किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी दिएका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिसम्बन्धी उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ ।

नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्धशाली बनाउन सकिने भएकाले आगामी दिनमा संस्कृतिमाथि बृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीको भनाइ छ ।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्