एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकियो

काठमाडौँ । भदौ १९, नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनमा मतदान सकिएको छ ।
बिहान ८ बजेदेखि सुरू भएको मतदानमा दिउँसो १ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नेहरुले मात्रै मत हाल्न पाउने व्यवस्था गरिएको थियो ।
जसअनुसार, ९६५ मत खसेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भएको मतदानका लागि एक हजार ४ जना प्रतिनिधिको नामावली प्रकाशित गरिएको थियो । तर ३९ जना मतदानमा अनुपस्थित रहे ।
मुख्यनिर्वाचन अधिकृत भण्डारीका अनुसार, अब केहीबेरमा सुरू हुने मतदानको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुनेछ । प्रदेश अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल प्रतिस्पर्धामा छन् ।