सरकारद्धारा एकसाथ ५८ सहसचिवको सरुवा

काठमाडौँ । भदौ १९, सरकारले एकै साथ ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो ।
संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
संघीय मामिला मन्त्रालयमा सहसचिवहरु सुमन दाहाल र डा. नारायणप्रसाद रेग्मी आएका छन् ।