केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तरिक्षमा रकेट तथा स्याटेलाइटलगायतका मानवीय फोहोरको रास

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, पृथ्वीमा त फोहोर भरिएकै छ तर अन्तरिक्षमा समेत निरन्तर रुपमा फोहोरको मात्रा बढिरहेको छ ।

अहिलेसम्म करिब साढे ६ हजार रकेट अन्तरिक्षमा प्रक्षेपण भएका छन् । जसको फलस्वरुप पृथ्वीको कक्षमा रकेट तथा स्याटेलाइटलगायतका मानवीय फोहोरको रास बढिरहेको छ ।

युरोपियन दक्षिणी अब्जर्भेटरीका अनुसार सन् २०३० सम्ममा स्याटेलाइट परियोजनाहरुको संख्यामा तीव्ररुपमा वृद्धि भई ७५ हजारभन्दा धेरै हुनेछन् । यस्ता प्रत्येक प्रक्षेपणसँगै अन्तरिक्षको फोहोर बढ्नेछ ।

कम्बाइन्ड फोर्स स्पेस कम्पोनेन्ट कमान्डले अन्तरिक्षमा मानिसले के गरिरहेको छ भन्ने कुराको निगरानी गर्ने गर्दछ । उसले एउटा यस्तो सूची बनाएको, जसमा फरक-फरक खालका अन्तरिक्ष फोहोरहरु सामेल छन् ।

वैज्ञानिकहरुले एउटा यस्तो तरिका तयार पारेका छन् जसमा तीन किलोमिटर प्रति सेकेण्डको गतिमा घुमिरहेको १० सेन्टिमिटर आकारको वस्तु समेत ट्रयाक गर्न सकिन्छ ।

यसका अलावा पनि धेरै यस्ता फोहोरका टुक्राहरू अन्तरिक्षमा छन् जसका बारेमा मोटो अनुमान मात्रै गर्न सकिन्छ ।

अहिलेसम्म अमेरिका, रुस, भारत तथा चीनले एस्याट प्रक्षेपण गरिसकेका छन् । यस्ता मिसाइलले स्याटेलाइटलाई नष्ट गर्छन् र त्यसक्रममा अन्तरिक्षमा ठूलो परिमाणमा फोहोर सिर्जना हुन्छ ।

 

प्रकाशित : 5 September, 2023

प्रतिक्रिया दिनुहोस्