अभिनेत्री गौरी मल्लको परिचय अब संगीतकर्मीको रुपमा
काठमाडौं । भदौ २०, अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छन् । झण्डै तीन दशक लामो अभिनय करिअरको दौरानमा उनको परिचय अब संगीतकर्मीको रुपमा पनि अगाडि आएको छ ।
घरेलु फिल्मकी यी चर्चित अभिनेत्रीले आफ्नै कम्पोज, गायन र शब्दमा तीजको गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक गरेकी छन् । गौरी मल्ल युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा गौरीसहित मिथिला शर्मा पनि फिचर्ड छिन् ।
गौरीको यो गीत आफ्नो भोगाइबाट प्रभावितजस्तो देखिन्छ । उनी गीतमा लेख्छिन् ।
पत्रकार सम्मेलनमा गौरीले भनिन्, ‘म पनि विभिन्न देश र ठाउँ घुमें । आफ्नो देशभन्दा प्यारो, मातृभूमिभन्दा ठूलो केही पनि हुँदैन । हो यो यहाँ गरिबी छ, अव्यस्थित छ, धुलोधुवाँ छ ।
तर हामी आफ्नो माटोमा छौं भन्ने आभास जहिले पनि भइरहन्छ । निर्धक्कताको बोध जहिले पनि भइरहन्छ । बाहिर त्यो अनुभूति गर्ने अवसर पनि हुन्छ ।’
बच्चैदेखि लेख्ने, पढ्ने र गाउने सौख आफ्नो भएको भन्दै उनले अभिनय आफूले बोनसमा पाएको कुरा भएको बताइन् ।
फिल्मको कुरा गर्दा गौरीको शीर्ष अभिनय रहेको फिल्म ‘महापुरुष’ पछिल्लो पटक बक्स अफिसमा सुपरहिट भएको थियो ।