बिनापास चलेका सरकारी गाडी युवा संघले लगाए ट्राफिकलाई जिम्मा

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ।

युवा संघले सार्वजिनक बिदामा बिना पासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। युवा संघले, काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक र ललितपुरमा सडक संघर्ष गरेको हो।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले कलंकीमा युवाहरू जम्मा भई बिना पासका सवारी साधन रोकी कलंकी ट्राफिकलाई बुझाएका छन्।

राष्ट्रिय युवा संघ नेपालका साइबर सर्कल विभाग प्रमुख अजित लामाले देशभर यस्ता विकृति र विसंगतिविरूद्ध देशभर कडा कदम चाल्ने र नियन्त्रण अभियान सुरू भएको बताए।

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी अध्यक्ष दिपेश सुधाकारले बिना पास सरकारी सवारी साधन चलाउने १३ वटा सवारी साधन र दुइटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताए।

 

 

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्