नेपाली फिल्म ‘गुराँस’ बुसान फेस्टिभलमा छनोट

सहयात्रा टिभी

काठमाडौं । भदौ २०, सौरभ राई निर्देशित नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ ।

बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छानिएको जनाएको छ ।

यो फिल्मले यसअघि चेक गणतन्त्रको फिल्म दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको थियो।

मेनुका प्रधानको शीर्ष भूमिका रहेको फिल्मले हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा पेश गर्छ ।

‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै आइसफलका रामकृष्ण पोखरेल र सञ्जय गुलाँटीले निर्माण गरेका हुन् ।

फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो फिल्ममा खगेन्द्र लामिछानेको समेत अभिनय छ ।

बुसानको उक्त विधामै नवीन सुब्बा निर्देशित अर्को नेपाली फिल्म ‘गाउँ आएको बाटो’ पनि छनोट भएको छ । बुसानको ‘एसियन सर्ट फिल्म प्रतिस्पर्धामा नीरञ्जन भेटवाल निर्देशित छोटो फिल्म ‘द विटनेस ट्री’ पनि छानिएको छ ।

दक्षिण कोरियाको बुसानमा आयोजना हुने यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म आयोजना हुँदैछ ।

 

प्रकाशित : 6 September, 2023

प्रतिक्रिया दिनुहोस्