केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरामा २३ वर्षपछि मनाइयो ‘जात्राहरुको पनि जात्रा’ बाघजात्रा

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, पोखरामा २३ वर्षपछि बाघजात्रा मनाइएको छ । ‘जात्राहरुको पनि जात्रा’ बाघजात्रा यसअघि २०५७ सालमा मनाइएको थियो ।

पोखरामा सोमवारदेखि शुरु भएको जात्रा पोखराको मुख्यमुख्य ठाउँमा देखाउँदै हिजो रङ्गशालामा देखाएपछि सकिएको हो ।

पहिलो दिन भदौ १८ गते सोमवार देखाइएको जात्रा नेवा छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक पुगेको थियो ।

दोस्रो दिन १९ गते नेवा छें हुँदै गणेशटोल, सिमलचौर, सिर्जनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै जात्रा नेवाः छे पुगेर सकिएको थियो ।

जात्रामा बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्डहरू, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र प्रजाका रूपमा पोखराका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।

पोखराका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बाघजात्रामा बाघलाई घेरामा हाल्ने प्रक्रिया नै यसको मुख्य आकर्षण हो । जात्रामा बाघले गुरिल्लामाथि आक्रमणको प्रयास गर्दछ ।

जात्रामा शरीरभरि लहराको माला र लहरकै टोपी लगाएका १२ जना गुरिल्लाहरु हुन्छन् । उनीहरु बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् ।

अनेकखालका बाजाको धुनले बाघ लठ्ठ पार्ने प्रयास गरिन्छ । यसैगरी जात्रा अघि बढ्छ । धार्मिक किंवदन्तीअनुसार प्रहसनमा ुडमी बाघु लाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरेपछि जात्रा सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्