केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युक्रेनमा रुसी हमला, १७ जनाको मृत्यु

सहयात्रा टिभी

कीभ । भदाै २१, पूर्वी युक्रेनस्थित एक सहरको बजारमा रुसी गोलाबारी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा १७ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताए । अधिकारीहरूका अनुसार रुसी आक्रमणमा २० पसल, बिजुली लाइन, प्रशासनिक भवन आदिमा क्षति पुगेको छ ।

रुसको यो हमला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन किभको भ्रमण गरिरहेको बेला भएको थियो । अमेरिकाले युक्रेनका लागि एक अर्ब डलरभन्दा बढीको आर्थिक सहायताको घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ ।

एसोसिएटेड प्रेस संवाददाताहरूले कोस्टियान्टिएनिभकामा आक्रमण भएको ठाउँमा शवहरू देखिएको बताएका छन् । त्यहाँ आकस्मिक कर्मचारीले बजारमा लागेको आगो निभाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले निर्दोष मानिसहरूलाई निशाना बनाएर बजारमा आक्रमण गरेको बताएका छन्। उनले भने, यो ठाउँ चिन्नेहरूलाई यो नागरिक क्षेत्र हो भन्ने थाहा छ। नजिकै कुनै सैन्य इकाई छैन। यो आक्रमण जानाजानी गरिएको हो ।’

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्