केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बक्स अफिसमा ड्रिम गर्ल–२ को राम्रो प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । भदाै २१, आयुष्मान खुरानाको पछिल्लो चलचित्र ड्रिम गर्ल–२ को बक्स अफिसमा राम्रो प्रदर्शन भइरहेको छ । यसबीच आयुष्मानले पूर्व क्रिकेटर सौरभ गांगुलीको जीवनीमा आधारित ‘दादा’ को भूमिका निभाउने विषयमा छलफल भएको छ ।

यसअघि चलचित्रमा रणवीर कपुरले गांगुलीको मुख्य भूमिका निभाउने बताइएको छ । रिपोर्टअनुसार आयुष्मानले यस विषयलाई पुष्टि नगरे पनि उनले रिपोर्टलाई खारेज पनि गरेका छैनन् । उनले भनेका छन्, ‘म यसबारे अहिले केही भन्दिनँ । हामीले औपचारिक घोषणा पखर्नु पर्नेछ ।’

रिपोर्टका अनुसार यस वर्षको अन्त्यसम्ममा चलचित्रको सुटिङ सुरु हुनेछ । गत मे २६ मेमा निर्माता लव रञ्जन र अङ्कुर गर्ग गांगुलीसँग भेट्न कोलकाता पुगेका थिए ।

चलचित्रको विषयमा गांगुली र निर्माताबीच विस्तृत छलफल भएको थियो । निर्देशकले समेत गांगुलीसँग उनको जीवनको रोचक घटनाबारे कुराकानी गरेका छन् । चलचित्रको स्क्रिप्ट लेखनको काम पुरा भएको छ । चलचित्रमा उनको निजी जीवनमाथि धेरै ध्यान दिइएको छ ।

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्