सन्दीप विरूद्धको बलात्कार मुद्दामा अन्तिम बहस सुरू

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दामा अन्तिम बहस सुरू भएको छ।

बिहीबार न्यायाधीश शकुन्तला कार्कीले आफ्नो इजलासमा परेको यो मुद्दामा अन्तिम बहस सुन्न थालेकी हुन्।

सरकारी वकिल सुरवीर परियारले आफ्नो बहस सकाइसकेका छन्। अब पीडित पक्षका वकिलहरूले बहस गर्ने छन्। पीडित पक्षका वकिलको बहस सकिएपछि बल्ल सन्दीप लामिछानेका वकिलहरूले बहस गर्न पाउने छन्।

दुबै पक्षको बहस सकिएपछि मात्र इजलासले यो मुद्दामा फैसला सुनाउने छ।

यसअघिका न्यायाधीशले जस्तो मुद्दा पन्छाइनन् भने कार्कीकै इजलासले यो मुद्दामा फैसला गर्न सक्ने छ।

अन्तिम सुनुवाइमा पेसीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने आँट यसअघिका न्यायाधीशहरूले गर्न सकेका थिएनन्।

कतिपय न्यायाधीशले समय हुँदाहुँदै पनि हेर्न नभ्याइने भनेका थिए भने कतिपयले बहसै सुनिसकेपछि पनि हेर्न नभ्याइने भनेर पन्छाएका थिए। केही न्यायाधीशले त सरकारी वकिललाई स्थगित गर्नसमेत लगाएका छन्।

 

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्