भारतले जी-२० को पाहुनालाई सुनको प्लेटमा खाना खुवाउने

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, भारतले जी-२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने जानकारी प्राप्त भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो।

आयोजकले नयाँदिल्लीका तारे होटलसँग भएका सुन र चाँदीका भाँडाकुँडा उपलब्ध गराउन भनेको छ।

भारतको राजधानी नयाँदिल्लीमा सेप्टेम्बर ९-१० मा जी-२० को शिखर सम्मेलन हुँदैछ। अहिले भारत जी-२० को अध्यक्ष हो।

जी-२० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत नेताहरू आउँदैछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन्।

 

 

प्रकाशित : 7 September, 2023

प्रतिक्रिया दिनुहोस्