सुन प्रकरणमा सीआईबीद्धारा भीमकान्त भण्डारीलाई सोधपुछ

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीद्धारा ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीलाई सोधपुछ गरेको छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।

प्रहरीले बोलाएपछि भण्डारीले आइतबार सीआईबी गएका थिए । उनलाई सोधपुछ गरेर पठाएको सीआईबी स्रोतले जनाएको छ ।

भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला प्ररेको प्रहरी स्रोतको भनाइ छ ।

 

 

प्रकाशित : 10 September, 2023

प्रतिक्रिया दिनुहोस्