नेप्सेमा दोहोरो अंकको बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, साताको पहिलो दिन आइतबार सेयर बजार  नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ ।

आज सेयर बजार १०.२३ अंकले बढेको छ ।  बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।

आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

 

 

प्रकाशित : 10 September, 2023

प्रतिक्रिया दिनुहोस्