ललितानिवास प्रकरणको थुनछेक बहस सकियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २४, जिल्ला अदालत, काठमाडौंमा ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ ।

 

न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ ।

यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् ।

१२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।

त्यसअनुसार कै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो ।

 

प्रकाशित : 10 September, 2023

प्रतिक्रिया दिनुहोस्