केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

सहयात्रा टिभी

दोहा । भदाै २५, साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो ।

तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत मिलाइएको थियो ।

परदेशमा रहेर पनि नेपाली महिलाहरू रातो पहिरनमा एकै साथ नाच्दा विशिष्ट प्रकारको आनन्दको अनुभूति महसुस भएको एनआरएनए एनसीसी साउदीका अध्यक्ष बलराम थापाले बताए ।

तीज जस्तो पर्वले हामी सबैलाई जोड्ने र चेलीबेटीको भावनालाई समेट्ने हुँदा यो आफैँमा विशिष्ट रहेको अध्यक्ष थापाले बताए । कार्यक्रम एनआरएनए आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो।

प्रकाशित : 11 September, 2023

प्रतिक्रिया दिनुहोस्