धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।

रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको हो ।

धानको कलिलो अवस्थामा गभारोको आक्रमण भएमा मृत गावा देखिन्छ । फूल फूल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने कृषि प्राविधिक बताउँछन् ।

धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिन्छ ।

यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । ब्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्छन् ।

 

प्रकाशित : 11 September, 2023

प्रतिक्रिया दिनुहोस्