मधेश प्रदशकी जसपा सांसद विन्दुकुमारी यादवको निधन

सहयात्रा टिभी

काठमाडौँ । भदाै २६, जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पाठेघरको मुखको क्यान्सरबाट ग्रसित उनको लामो समयदेखि उपचार चलिरहेको थियो । यादव गत निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् । ४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन् ।

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्