साहित्यकार राजेन्द्र पराजुलीको निधन

सहयात्रा टिभी

काठमाडौँ । भदाै २६, पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको आज बिहान निधन भएको हो ।

निमोनियासँगै डेंगी संक्रमण भएपछि उनी बिएन्डबी अस्पतालमा भर्ना भएका थिए । विभिन्न सञ्चारमाध्यममा लामो समयसम्म पत्रकारिता गरेका पराजुली साहित्यका क्षेत्रमा पनि सक्रिय थिए ।

पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो, भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् । पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्