केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंगल ग्रहमा नासाको यन्त्र रोवरले १२२ ग्राम अक्सिजन जम्मा गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ ।

सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ जसले मंगल ग्रहमा अक्सिजन पैदा गरिरहेको छ । उसले प्रतिघण्टा १२ ग्राम अक्सिजन पैदा गर्न सक्दछ ।

रोवरमा रहेको मोक्सी नामक यन्त्रले अक्सिजन पैदा गरेको हो । मोक्सीको पूरा नाम Mars Oxygen in situ response utilization experiment हो ।

मोक्सीलाई पर्सिभरेन्स रोवरमा राखेर सन् २०१९ मा मंगल ग्रहमा पठाइएको थियो । उक्त रोवर सन् २०२१ मा मंगल ग्रहको सतहमा ओर्लिएको थियो ।

रोवरमा रहेको मोक्सीले त्यसयता १६ पटक अक्सिजन पैदा गरिसकेको छ ।

आखिर सो यन्त्रले मंगल ग्रहमा कसरी अक्सिजन पैदा गर्‍यो त रु वास्तवमा यो यन्त्रले मंगल ग्रहको वायुमण्डलबाटै अक्सिजन जम्मा गरेको हो ।

यसरी मंगल ग्रहमा यन्त्रले नै अक्सिजन जम्मा गर्ने भएपछि त्यहाँ सबैभन्दा पहिले जाने अन्तरिक्षयात्रीले अक्सिजनको कमीको सामना गर्न नसक्ने अपेक्षा नासाको छ ।

मंगल ग्रहमा अन्तरिक्षयात्री पठाउनु अगाडि मोक्सी वा त्यस्तै यन्त्रहरु त्यहाँ पठाएर अक्सिजन संग्रहित गरिनेछ ।

मोक्सी ओभन आकारको एक यन्त्र हो । म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीले यो यन्त्रको निर्माण गरेको हो ।

यसबाट मंगल ग्रहको वायुमण्डलबाट अक्सिजन निकाल्न सकिने पुष्टि भएको छ । फलतः त्यसरी संग्रहित अक्सिजनबाट अन्तरिक्षयात्रीले भविष्यमा मंगल ग्रहमा स्वास फेर्न सक्नेछन् तथा रकेटमा प्रोपेलेन्टका लागि प्रयोग गर्न सकिनेछ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले निकट भविष्यमा युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोगमा एउटा विशेष खालको यान मंगल ग्रहमा पठाउने योजना बनाएको छ । यो अन्तरिक्षयानले मंगल ग्रहबाट अक्सिजनयुक्त नमूनाहरु लिएर पृथ्वीमा आउनेछ । त्यसमा माटो तथा चट्टानका नमूना हुनेछन् ।

 

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्