नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । भदौ २६, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परीसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।
मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।