केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’को टिजर ट्रेलर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’को टिजर ट्रेलर सार्वजनिक भएको छ ।

सन् २०१८ मा प्रदर्शन भएको चर्चित फिल्मको दोस्रो श्रृंखलामार्फत अभिनेता जेसन मोमोआ एटालिन्सका राजा आर्थर करीको भूमिकामा पुनरागमन गर्ने भएका छन्।

ट्रेलरमा अब्दुल-मतीनद्वारा चित्रण गरिएको पात्र ब्ल्याक मान्टाले आफ्नो बुबाको मृत्युको बदला लिने वाचा गर्दै भन्छ, ‘म एक्वाम्यानलाई मार्नेछु र उसले माया गरेको सबै चीज नष्ट गर्नेछु ।’

फिल्ममा अभिनेत्री निकोल किडम्यानले आर्थरकी आमा अर्थात् रानी एटलानाको भूमिका निर्वाह गरेकी छन् । अभिनेत्री एम्बर हर्डले आर्थरकी प्रेमिका अर्थात् जेबेलकी राजकुमारीको भूमिका निर्वाह गर्छिन् ।

 

 

 

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्