लुम्बिनी सरकारद्धारा सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, लुम्बिनी प्रदेश सरकारद्धारा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको जानकारी प्राप्त भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले बर्दिया जिल्लामा बाढीबाट बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बाँकेमा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरुको उपचारको लागि सहयोग उपलब्ध गराउनेसमेत सरकारले निर्णय गरेको छ ।

 

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्