लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

सहयात्रा टिभी

लुम्बिनी । भदाै २७, लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्