सुन प्रकरणमा सीआईबीद्धारा अमला रोकासहित ५० जनालाई प्रतिवादी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ ।

 

यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

त्यसअघि आयोजित पत्रकार सम्मेलनमा सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका हुन् ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्