भेप प्रकरणका दाओजिन ६० किलो सुन तस्करीमा पनि प्रतिवादी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

प्रतिवेदन बुझाउनुअघि सीआईबी प्रमुख किरण बज्राचार्यले भेप प्रकरणमा मुछिएका दाओजिनलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाइएको जानकारी दिइन् । उनी हाल फरार छन् ।

 

 

 

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्