ढाकाकुमारले नाम लिएका मोहनजंगमाथि रास्वपाद्धारा अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान सुरु गरेको जनाएको छ ।

रास्वपाले बर्खास्त गरेका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले सभापतिसँग निकट रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको बताएका थिए ।

यसबारे अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

त्यही कारबाहीका कारण उनको सांसद पद गयो । पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ ।

 

 

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्