सीआईबीद्धारा वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझायो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)द्धारा ६० किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

सीआईबीले सीआईबीले रेडी ट्रेडमार्फत तस्करी भएको सुनमा ५० जनालाई प्रतिवादी बनाएको छ र ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ब्रेक प्याडमा लुकाएर तस्करी गरिएको सुनको मात्र अनुसन्धान गरिएको छ र अरु सुनको अनुसन्धान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुने उनले बताइन् ।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिइएको सीआईबीले जनाएको छ ।

संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ ।

यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय उपलब्ध हुने गरी आज प्रतिवेदन बुझाइएको छ ।

 

 

प्रकाशित : 13 September, 2023

प्रतिक्रिया दिनुहोस्