अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी

डडेल्धुरा । भदाै २८, डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिए ।
अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्