केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज गोकर्णेश्वरलगायत तीर्थस्थलमा कुशे औँसीको घुइचो

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, आज कुशे औँसी ।आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेको छ । आज बुबाको मुख हेर्ने दिन पनि मनाइँदै छ ।

आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।

रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेको छ । यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्