केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा असोज ५ र ६ गते क्यानको अधिवेशन हुने

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने छ ।

यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।

केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ ।

क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेका छन् । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने बताएका छन् ।

 

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्