सिटिजन लाइफ इन्स्योरेन्सको गोलाप्रथामार्फत आईपीओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ।

बिहीबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग अनुसार आवेदन परेकोले धितोपत्र निष्कास तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथामार्फत बाँडफाँट भएको छ । जसअनुसार ९ लाख जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

कम्पनीले १५ भदौदेखि १९ भदौसम्म आईपीओको लागि आवेदन खुलाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता कुल २४४ रुपैयाँमा सेयर आईपीओ निष्कासन गरेको हो ।

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्