केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय बाल दिवस, बालबालिका सँग मुस्कुराएर मनाऔं

सहयात्रा टिभी

सम्पादकिय -मानव जीवनको सुरुआती चरण जहा आमाको मुस्कुराईबाट सुरु हुन्छ ।

बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार १८ वर्ष मुनिका कलिला मनहरूलाई बालबालिका भनेर परिभाषित गरेको छ ।

यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ ।

आफ्ना भावी सन्ततिको उज्ज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिऊन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले बालअधिकार सम्बन्धी महासन्धि पारित गरेको छ ।

यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गरिएको थियो । यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ ।

अनुमोदन गरेको दिनलाई नै बाल दिवसको रूपमा मनाउने घोषणा गरेको थियो । इतिहासलाई फर्केर हेर्दा रानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बाल दिवस मनाउने गरेको देख्नु भएको रहेछ ।

भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्मदिन पारी ४ भदौ २०२१ मा नेपाल बाल संगठन स्थापना गरी सोही दिनलाई नै बाल दिवसको घोषणा गरी नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

यसरी सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरियो । यो वर्ष पनि भदौ २९ कै दिन ‘बाल मैत्री शासन बालअधिकारको सम्मान’ भन्ने नाराका साथ ५९औं बाल दिवस मनाइँदैछ ।

आमा र बच्चा दुवैलाई उत्तिकै शिक्षाको खाँचो छ । जब सरकार समाज र नागरिकले बालअधिकार सम्बन्धी आफ्ना कर्तव्यको पालना गर्दछन् र प्रत्येक बालबालिकाले ती अधिकार दाबी गर्न सक्छन् तब मात्र बालअधिकार पूर्ण रूपमा सुरक्षित हुनेछ ।

यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन् भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।

त्यसैले एक सकारात्मक सोच भएको उर्जाबान व्यक्तित्वको विकास गर्न हरेक दिन दिवस मनाऔ । आफ्ना बालबालीकासँग हासौं रमाऔ सकारात्मक बन्न प्रेरित गरौं । बालबालीकाको यो अमुल्य अबस्थालाई सम्पुर्ण अभिभावकले आ- आफ्नो  तर्फबाट  आफ्नो क्षमताका आधारमा बाल विकासमा जोड दियौं ।

 

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्