केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘एक भगवत् र एक गीता’, ‘नांगो गाउँ’ आजदेखि रिलिज

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, भारतीय फिल्म ‘जवान’को दबदबा कायम रहँदा शुक्रबारदेखि दुई नेपाली फिल्म रिलिज भएका छन् ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘नांगो गाउँ’ र बिपिन कार्की अभिनित ‘एक भगवत् र एक गीता’ प्रदर्शनमा आएका हुन् ।

गाउँको राजनीतिलाई कथावस्तु बनाएको ‘नांगो गाउँ’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

दयाहाङ र मिरुनासहित फिल्ममा शिशिर बाङ्देल, कार्म, साम्राज्ञी शाह, बुद्धि तामाङ, रविन्द्र झाको शीर्ष भूमिका छ ।

इमान्दार शिक्षक पासाङ (दयाहाङ) गाउँको विद्यालयलाई सुधार्न चाहन्छ । तर, गाउँमा चुनावी माहोल सुरु भएपछि उसलाई आफ्नो योजना पुरा गर्न कठिन हुन्छ । गाउँको अध्यक्ष जरी (शिशिर बाङ्देल)ले चुनाव जितेर देखाउन पासाङलाई चुनौति दिन्छ ।

यदि पासाङ आफूले जितेमा गाउँबाट भ्रष्टाचार निर्मुल पार्न बताउँछ । गाउँमा हुने चुनाव कसले जित्ला रु यसबारे थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट छ । यो फिल्मलाई सोसल ड्रामा र पोल्टिकल कमेडी जनरामा राखिएको छ ।

शुक्रबारदेखि नेपालभर अर्को सोसल–ड्रामा फिल्म ‘एक भगवत् र एक गीता’ पनि रिलिज भएको छ ।

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्