दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने
सहयात्रा टिभी
काठमाडौँ । भदौ २९, गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । २ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा यो आयोजना निर्माण हुन लागेको हो ।
मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा ९ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो ।
विभागबाट अनुमति पाएपछि आउँदो माघ पहिलो हप्तादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।