चीन भ्रमणबारे संसदमा प्रधानमन्त्रीले सम्बोधन सुरु

काठमाडौँ । भदौ २९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।
आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी दिन सम्बोधन गरेका हुन् । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्। दाहालले चीन भ्रमणलगायत विषयमा संसदलाई जानकारी गराउन लागेका छन्।