केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया सुरु भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराएका हुन् ।

‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।

 

 

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्