केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिद्धारा पाँच जना चिकित्सकलाई अवार्ड प्रदान

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पाँच जना चिकित्सकहरूलाई अवार्ड प्रदान गरेका छन्।

नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ शुक्रबार राष्ट्रपतिले चिकित्सकहरूलाई प्रदान गरेका हुन्।

डाक्टरहरू अर्चना अमात्य, गीता शाक्य, मीता सिंह, कोकिला वैद्य र प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो।

साथै राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरेका छन्।

नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै संघले सो सम्मान गरेको हो। उनीहरूलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए।

 

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्