न्यायपरिषदद्धारा २७ लाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ । भदौ २९, न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो ।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १/१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।
परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।
न्यायपरिषदले २७ जनामा ६ जना कानुन व्यवसायीको मात्रै नाम सिफारिस गरेको छ । यसअघि न्यायपरिषदले तयार पारेको सूची९रोष्टर०मा प्राथमिकतामा परेका कैयौ व्यक्तिहरु छनौटमा परेका छैनन् ।